arrow

निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल पक्षले माग्यो समय

१८ माघपछि मात्र छलफलमा आउने

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
ncp-oli-nepal-prachanda.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी दल दर्ता तथा निर्वाचन तयारी बारे छलफल गर्न नेकपाका दुबै समूहलाई बोलाएकोमा प्रचण्ड- नेपाल समूहले भने १८ माघपछि मात्रै छलफल राख्न आयोगलाई आग्रह गरेको छ ।

आयोगले नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा अध्यक्षद्धयले तोकेका पाँच पाँच जनालाई निर्वाचन प्रयोजनका लागि हुने दल दर्ता तथा निर्वाचन तयारी बारे छलफल गर्न भन्दै शुक्रबार आयोगमा बोलाएको थियो ।

दुवै समूह आयोगमा पुगेपनि प्रचण्ड-माधव समूहले भने आयोगमा पत्र बुझाउँदै दुवै अध्यक्ष उपत्यका बाहिरका कार्यक्रममा व्यस्त रहेको र १८ माघपछि मात्रै आउने भन्दै छलफललाई केही दिन सार्न माग गरेको हो ।

आयोगलाई सो पक्षले बुझाएको पत्रमा छलफलमा अध्यक्ष आफैं सहभागी हुन चाहेको भनिएको छ । आयोगमा पुगेका लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान पत्र बुझाएर फर्किएका छन् ।

आयोगले नेकपाका दुवै अध्यक्ष ओली र प्रचण्डलाई सम्बोधन गरेर आफैं उपस्थित हुन वा पाँचपाँच जना प्रतिनिधि पठाउन आग्रह गर्दै बिहिबार पत्र पठाएको थियो ।

‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानुभएको हुँदा सो का लागि शुक्रबार तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छु,’ प्रचण्ड-माधव समूहका नेताहरुले आयोगमा बुझाएको पत्रमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ