- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएका पुरुषको शुक्राणुको गुणस्तर कमजोर देखिएको छ । यसले प्रजनन क्षमतामा असर पार्न सक्ने सम्भावना भएको एक नयाँ अध्ययनले सार्वजनीक गरेको छ ।
प्रजनन पत्रिकामा प्रकाशित एक अध्ययन अनुसार कोरोना भाइरसबाट संक्रमित भएका पुरुषको शुक्राणुको गुणस्तर कमजोर भएको पाइएको हो ।
कोरोना भाइरसबाट संक्रमित भएका ८४ बयस्क पुरुष र संक्रमण नभएका १०५ बयस्क पुरुषमा प्रत्येक १० दिनको फरकमा ६० दिनसम्म अध्ययन गरिएको थियो । उक्त अध्ययनबाट कोरोना भाइरसबाट संक्रमित भएका पुरुषहरुको शुक्राणु सुन्निएको र अस्थिर एवं कमजोर भएको पाइएको हो ।
शुक्राणुको गुणस्तर खस्किनुले प्रजनन क्षमतामा सोझैं असर पार्ने अनुसन्धानका प्रमुख बेहजद हाजिजादेह मालेकीले बताएका छन् । कोरोना भाइरसको माहामारी सुरु भएसँगै यसले प्रजनन क्षमतामा असर पार्ने कुराहरु आइरहेका थिए ।
तर पछिल्लो अध्ययनले संक्रमितको शुक्राणुमा असर गर्ने प्रमाण जुटाएको छ । यद्यपी फ्लु र अन्य कुनै भाइरसको संक्रमणले पनि शुक्राणुमा असर पार्ने तर, केही दिन या महिनापछि शुक्राणु फेरि स्वस्थ हुने गरेको पाइन्छ ।
कोरोना भाइरसको संक्रमणले शुक्राणमा कति असर पार्छ र कति समयसम्म पार्छ भनेर स्पष्ट हुनका लागि ठूलो अध्ययन आवश्यक भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यो अध्ययनले प्रजनन क्षमतामा असर हुनसक्ने भन्दै सचेत भने गराएको छ ।