- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कोरोनाको महामारी बिरुद्ध कसरी जुटने भन्ने वारेमा सरोकारवालाको क्षमता अभिबृद्धि गराउने उद्धेश्यले चौधरी फाउण्डेशन लगायतका संस्थाहरुले माघ पहिलो सातादेखि ७ वटै प्रदेशमा महामारी पुर्व तैयारी सम्बन्धि स्थानीय स्वास्थ्यकर्मी र मानविय क्षेत्रमा कार्यरत संघ संस्थाको क्षमता अभिबृद्धि प्रशिक्षण संचालन गर्दे आएको छ । शुक्रवार भैरहवामा कोभिड न्यूनिकरण गर्न सरकारले र निजि क्षेत्रले गरेको तैयारीका बारेमा रुपन्देही जिल्लाका सरोकारवाल संग छटलफल सम्पन्न गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा समिर आधिकारी, चौधरी फाउण्डेशनका प्रतिनिधि अषेश बराल,स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी , झविन्द्र भण्डारी लगायतले क्षमता अभिबृद्धि तालिम दिएका हुन ।
स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पूर्वाधार भएको मुलुकमा सो अवस्थाको पूर्व तयारीका निम्ति जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको चौधरी फाउण्डेशनले जनाएको छ । डा समिर अधिकारीले कोरोन खोप लगाएका ब्यक्तिमा कम्तीमा २ वर्ष खोपले काम गर्ने जानकारी दिए ।
उनले एडस, हेपाटाएटिस र प्लाज्मा थेरापी गरेका ब्यक्तीमा बिषेशज्ञ चिकित्सकको सल्लाहमा मात्र कोरोना खोप लगाउन सुझाब दिए । उनले सरकारले आगामि दिनमा कोरोना वा त्यस्तै अन्य महामारी आइपरे गर्नुपर्ने तैयारीका बारेमा विभिन्न सरोकारवला संस्थाहरुसंग हातेमालो गरेर अघि बढने बातावरण बनाइने जानकारी दिए ।
त्यस्तै चौधरी फाउण्डेसनका सहप्रबन्धक अशेष बरालले नेपालमा भूकम्प र कोरोना महामारीका बेला चौधरी फाउण्डेशनले सरकारलाई गरेको सहयोगको स्मरण गरे । उनले कोरोना अबधिमा फाउण्डेशनले सरकार र हरेक प्रदेशका सरकारी अस्पतालाई पिपिई, भेन्टिलेटर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिए ।
कार्यक्रमा स्थानीय तहका स्वास्थ्य संयोजकहरुले जनप्रतिनीहरुलाई पनि कोरानाको व्यवस्थापनको लागी थप कार्यक्रम र साझा बुझाईका कार्यक्रम संचालन गर्नुपर्ने बताए । रुपन्देहीका कोरोना व्यवस्थापन र नियन्त्रणमा सबे सरोकारवलाको सहयोगमा काम गर्न सहज भएको जनस्वास्थ्य प्रशाशक डा.गिरीले बताए ।