- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा विजय यात्रामा अघि बढेको दाबी गरेका छन् । आफु नेतृत्वको नेकपा अनुशासित भएको र विजय यात्रामा अघि बढेको बताएका हुन ।
शुक्रबार काठमाडौं महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको दाबी गरेका हुन ।
विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर गएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए ।
ओलीले प्रचण्ड-नेपाल समूह निर्वाचनमा जाउँ या नजाउँ भन्ने धर्मसंकटमा परेको पनि औंल्याए । उनले प्रचण्ड-नेपाल समूहको सबै सिङ फुक्लिएको पनि बताए ।
उनले भने, ‘चुनावमा नजाऔं भने लोकतन्त्र भन्ने ठाउँ रहँदैन । जाऔं भने सबै सिङ फुक्लिएको छ । बाँकी रहेको सिङ पनि निर्वाचनमा भाँचिन्छ ।’ जति टाढा भागे पनि डेढ वर्षपछि निर्वाचनमा उत्रनैपर्ने उनको भनाइ थियो ।