arrow

विद्युत प्राधिकरणका चारजना कर्मचारी घुस रकमसहित रङ्गेहात पक्राउ

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७७ माघ १७ शनिबार
ghussahit-pakrau.jpg

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारीलाई घुस रकमसहित अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले शुक्रबार दिउँसो ३ बजे धनुषाको मिथिला नगरपालिका वडा नं ५ विश्रामपुरबाट उनीहरुलाई पक्राउ गरेका हुन् ।

शुक्रबार धनुषाको महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चारजना कर्मचारीलाई पाँच हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेको हो ।

पक्राउ पर्ने कर्मचारीहरुमा सुपरभाइजर जगत नारायण साह , नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेको हो।

पक्राउ परेका कर्मचारीले विश्रामपुरस्थित एक कुखुरा फर्म विद्युत जडान गरी दिएवापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार घुस रकम लिएको थियो । सोही सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हुन् ।

कर्मचारीको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ