arrow

ओलीलाई राजा देख्ने मन्त्री थापाले मागे माफी 

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
mani-thapa-mafi.JPG

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका एक मन्त्रीले ओलीलाई राजा नै देखेसरह गरी ‘श्री ५ को सरकार’ भनेपछि एकाएक आलोचित भएपछि एक दिनपछि माफी मागेका छन् । खानेपानी मन्त्री मणि थापाले भुलबस ‘श्री ५ को सरकार’ भनेको भन्दै माफी मागेका हुन् । 

मन्त्री थापाले सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा शनिबार श्री ५ को सरकारको तर्फबाट भनेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी ओलोचित भएका थिए । 

ओलीले संविधानभन्दा माथि रहेसरह प्रतिनिधिसभा विघटन गर्ने अनि उनका मन्त्रीहरु पनि उनकै पछि लागिरहँदा राजा नै भएजस्तो गरी ओलीलाई एक संस्थाको ट्याग भिराए जसरी मन्त्री थापाले ‘श्री ५ को सरकार’ भन्न पुगेका थिए । 

तर उनले यसबारेमा माफी मागिसकेका छन् । 

मन्त्री थापाको सचिवालयले माफी माग्दै फेसबुक स्टाटसमा लेखेको छ, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

राजसंस्था फालेपछि श्री ५ को सरकार हटाएर नेपाल सरकार राखिएको थियो । एकातिर प्रधानमन्त्री ओलीले गणतन्त्रमाथि प्रहार गर्ने क्रममा असंवेधानिक भएर संसद विघटन गर्ने अनि अर्कातिर उनकै मन्त्रिपरिषदका सदस्यले श्री ५ को सरकार भनी सम्वोधन गर्नु झुक्किएर वा गल्तीवश नभई जानीजानी तरंग पैदा गर्न पो भनिएको हो कि भनी आशंका समेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ