arrow

संविधानभन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो मान्नु पर्छ भन्ने छैन : प्रदीप पौडेल

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ माघ १८ आइतबार
pradip-poudel10.jpg

कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्य नहुने बताएका छ्न । आइतबार पुर्वी नवलपरासीको देवचुलीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन ।

संसद विघटन संसदीय परम्परा हो भनेर संविधान भन्दा बाहिर गएर निर्णय गर्ने अधिकार अदालतलाई नभएको बताउदै पौडेलले २०४७ को संविधानको नजिर देखाएर संसद पुन:स्थापना नगरे त्यो आफुहरुलाई मान्य नहुने बताए ।

“अहिलेको संविधानमा प्रधानमन्त्रीको कदमलाई संवैधानिक मान्ने व्यवस्था कुनै धारामा छैन, कुनै पनि धारामा नभएको व्यवस्थालाई अदालतले ठिक हो भन्छ भने कसरी मान्न सकिन्छ ?” पौडेलको भनाई थियो ।

कार्यक्रममा प्रधानन्यायाधीश पनि संविधान उल्लंघन गर्ने कुराको अंशियार भएको आरोप लगाउदै पौडेलले प्रधानन्यायाधीश माथी पनि प्रश्न उठेको बताए । संविधान विपरीत संवैधानिक आयोगहरुमा नियुक्त गर्दा भागवण्डा लिएका प्रधानन्यायाधीश पनि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको अंशियार भएको पौडेलको भनाई थियो ।

कांग्रेसको संस्थागत निर्णय संसद पुनःस्थापना हुनु पर्ने रहेको बताउदै नेताहरूको व्यक्तिगत विचारको पछाडि नलागी ओलीको असंवैधानिक कदमको विरोधमा शसक्त भएर लाग्न पौडेलले कार्यकर्ताहरुलाई आग्रह गरेका छ्न ।

वैशाखमा निश्पक्ष चुनाव भए कांग्रेसले जित्ने बताउदै पौडेलले ओलीले कुनै पनि हालतमा कांग्रेसले जित्ने चुनाव गराउछ्न विश्वास आफुहरुलाई नभएको पौडेलले बताए । संविधानको रक्षा नगरी चुनाव जानु गलत हुने भन्दै पौडेलले अहिलेको आवश्यकता भनेको संसद पुन:स्थापना भएको बताएका छ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ