arrow

संसद विघटन बिरुद्ध कांग्रेसको तेस्रो चरणको आन्दोलन

प्रदर्शनमा सहभागी हुन १३ भातृ संगठनको संयुक्त अपील

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
congress-tree.png

काठमाडौं । नेपाली कांग्रेसका १३ विभिन्न भातृ संगठनले सोमबार हुने संसद विघटन बिरुद्धको प्रदर्शनमा सहभागी बन्न सबै सदस्य तथा शुभचिन्तकहरुमा संयुक्त अपील गरेका छन ।

१३ माघमा बसेको केन्द्रीय समिति बैठकमार्फत माउ पार्टी कांग्रेसले तेस्रो चरणको आन्दोलन स्वरुप १९ माघका लागि भातृ संस्थाहरुलाई विरोध प्रदर्शनको जिम्मा दिएको थियो । सोही अनुरुप नेविसंघ, तरुण दल, महिला संघसहितका १३ विभिन्न भातृ संगठनहरुले सोमबार ७७ वटै जिल्लामा संयुक्त विरोध कार्यक्रमको आयोजना गर्दै छन ।

‘संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,’ कांग्रेसका १३ भ्रातृसंस्थाका अध्यक्षले जारी गरेको संयुक्त अपीलमा भनिएको छ ।

संयुक्त अपीलमा महिला संघकी अध्यक्ष उमा रेग्मी, तरुण दलतका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, प्रजातन्त्र सेनानी संघका अध्यक्ष टंकप्रसाद शर्मा कडेल, किसान संघका अध्यक्ष मानुभक्त सिग्देल, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, भूतपूर्व सैनिक संघका अध्यक्ष कणर्ल धनबहादुर मास्की राना, आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठ, मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, तामाङ संघका अध्यक्ष केवलबहादुर लामा राष्ट्रिय मगर संघका अध्यक्ष ओम थापामगर, ठाकुर समाज अनिरुद्र ठाकुरको हस्ताक्षर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ