arrow

ओली र प्रचण्ड–नेपाल समूहबीच झडप, पोखरेल चढेको गाडीमा तोडफोड

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
ncp-oli-nepal-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्ष ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप भएको छ । नुवाकोटमा भएको उक्त झडपका क्रममा ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सवार गाडीसमेत तोडफोड भएको छ । 

पोखरेल चढेको गाडीको दायाँ भाग कुच्चिएको छ भने उनीसँगै गएको अर्को गाडीका शिशा फुटेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर ओलीले भने स्थिति सामान्य रहेको बताएका छन् । उनले बट्टार क्याम्पस अगाडि बाटो अवरोध गर्न खोजेपछि तनाव हुन खोजे पनि स्थिति नियन्त्रणमा लिएको बताएका छन् । 

उनले कसैलाई पनि नियन्त्रणमा नलिएको बताए । कार्यक्रममा जाँदै गर्दा पोखरेललाई प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सडकमै रोक्न खोजेपछि स्थिति ततावपूर्ण हुने अवस्था भएको थियो । 



नयाँ