arrow

प्रजातन्त्रवादी प्राध्यापक संघले भन्यो, ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएका गतिविधि अप्राज्ञिक’

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
logo-DEPAN.jpg.jpeg

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएका अप्राज्ञिक गतिविधिहरुप्रति प्रजातन्त्रवादी प्राध्यापक संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  विश्वविद्यालयमा कार्यरत प्राध्यापक एवम् कर्मचारीहरुको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने पदाधिकारीहरुबाटै मातहतका क्याम्पस प्रमुखहरु , प्राध्यापक एवम् कर्मचारीहरुलाई सत्ताको आडमा र वैचारिक आस्थाको आधारमा अपमान गर्ने, प्राज्ञिक स्थलमा सुरक्षा निकायको गठन गर्ने र स्थानान्तरणको धम्की दिने जस्ता कार्य बन्द गर्न प्रजातन्त्रवादी प्राध्यापक संघले माग गरेको हो ।

संघका सचिव विष्णुप्रसाद पोख्रेलले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालयहरु शैक्षिक एवं प्राज्ञिक थलो भएकाले त्यस्ता गतिविधि हुनु गलत भएको भनेका छन । विज्ञप्तीमा शैक्षिक निकायहरुमा भए गरेका गतिविधिहरुप्रति आमसमुदायको चासो र निगरानी हुने भन्दै समाजको चेतनाको स्तर वृद्धिमासमेत विश्वविद्यालयको अत्यन्तै महत्वपुणर् भुमिका हुने भनिएको छन ।

‘नेपालको भौगोलिक, सामाजिक एवम् सांस्कृतिक रुपले उर्वर भूमी कर्णाली प्रदेशमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भए गरेका गतिविधिहरुप्रति प्रजातन्त्रवादी प्राध्यापक संघको गम्भिर ध्यानाकर्षण भएको छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापक एवम् कर्मचारीहरुको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा पदाधिकारीहरुबाटै मातहतका क्याम्पस प्रमुखहरु, प्राध्यापक एवम् कर्मचारीहरुलाई सत्ताको आडमा वैचारिक आस्थाको आधारमा अपमान गर्ने, प्राज्ञिक स्थलमा सुरक्षा निकायको गठन गर्ने र स्थानान्त्रणको धम्की दिने जस्ता कार्य बन्द गर्न प्रजातन्त्रवादी प्राध्यापक संघ जोडदार माग गर्दछ । बारम्बार यस्ता गतिविधिहरु कायम रहे प्रजातन्त्रवादी प्राध्यापक संघले आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुनेछ ।’ सचिव पोख्रेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ