नेकपाको प्रचण्ड-नेपाल समूह फेरि निर्वाचन आयोग जाने
प्रकाशित २०७७ माघ १९ सोमबार
850
Shares
काठमाडौं। नेकपाको प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबी गर्न फेरि निर्वाचन आयोग जाने भएको छ । सोमबार बबरमहल स्थित कार्की पार्टी प्यालेसमा बसेको पार्टी केन्द्रीय समिति बैठकमार्फत प्रचण्ड-नेपाल समूहले आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने निणर्य गरेका हुन् ।
‘पार्टीको आधिकारिकता दाबी गर्न केन्द्रीय समिति बैठकको निणर्यको पत्रसहित निर्वाचन आयोगमा जाने निणर्य केन्द्रीय समिति बैठकले गरेको छ, हामी फेरी आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जान्छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
सो समूहले सोमबार नै केपी ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरि हटाएको थियो भने महासचिव विष्णु पौडेललाई समेत पदबाट हटाउने निणर्य गरेको थियो ।
यसअघिसमेत नेकपाका दुवै पक्ष आ आफ्नो निणर्य लिएर आयोग गएका थिए । तर आयोगले भने दुवैको पत्रलाई अस्वीकार गर्दै नेकपाका दुवै अध्यक्षलाईै पत्र पठाएको थियो ।