arrow

केही नेताहरूले प्रधानमन्त्री बन्न नपाएपछि पार्टी छाडे : ओली

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १९ सोमबार
kp-oliss.jpg

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरू प्रधानमन्त्री बन्न नपाएपछि पार्टी छाडेर भगेको आरोप लगाएका छन् । सोमबार धनुषाको ढल्केबरमा देशकै ठुलो चार सय केभी सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,' मैले दोस्रो किड्नी फेर्दा पार्टी भित्रैका केही नेताहरू मर्छ कि भन्ने आश लगाएर बसेका थिए, तर म बाँचेपछि प्रधानमन्त्री बन्न नपाएपछि पार्टी छाडेर भगे।' प्रधानमन्त्री ओलीले मर्ने बेला कमिलाको प्वाँख पलाउने गरेको भन्दै छुट्टिएर जानेको दिन समाप्त हुने तर्क राखे ।

आफ्नै पालोमा ढल्केबर–जनकपुर चिप्लो सडक, ढल निकास, रेल लगायत थुप्रै विकास गरेको प्रधानमन्त्री ओलीले दाबी गरे। प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर दुष्प्रचार गर्नेलाई पिछडिएका दलित डुम , चमार, हल खोरका छोरालाई काँधमा बोकेर हिँड्न चुनौती दिएका हुन् ।

अब चाँडै पूर्वपश्चिम रेल गुड्ने, ठुला सिँचाइका योजना सुनकोसी मरिन डाइभर्सन जस्ता ठुला योजनाको शिलान्यास गरी बनाउने जानकारी गराए। अर्को तर्कमा प्रधानमन्त्री ओलीले नेपालमा अब लाइन समस्या नहुने बोल्दै ‘कुनै कारणवश झ्याप्प बिजुली जानु लोडसेडिङ होइन। यो प्राविधिक समस्या रहेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नै पालोमा देश लोडसेडिङ मुक्त भएको दाबी गरे। अब देशलाई बिजुली किन्नु नपर्ने भन्दै छिमेकी देश भारत, बङ्गलादेश लगायतका देशलाई विद्युत् बेच्ने बताए।

प्रदेश २ मा वैशाख १७ गते शुक्रवार नै चुनाव हुने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने ‘तपाईँहरू चुनावको तयारीमा लाग्नुहोस्। केही तत्त्व चुनाव नहोस् भनेर निर्वाचन आयोग जान्छ। निर्वाचन आयोगको काम निर्वाचन नगराउने होइन, निर्वाचन गराउने हो। निर्वाचन आयोगले निर्वाचन गराउँछ।'

उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलि महतो, प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउत लगायतको उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ