arrow

प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा कोइराला

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
Sekhar_koirala.jpg.jpeg

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताएका छन् ।

सुनसरीको इटहरीमा सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध  कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले  कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म  विजय निश्चित भएको जिकिर गरे ।

कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै  अन्तिम विकल्प भएको जिकिर गरे ।

सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ