arrow

म्यानमारमा भएको घट्नाबारे बोल्यो नेपाल सरकार

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
Pararastra-Mantralaya.jpeg

काठमाडौं । नेपाल सरकारले म्यानमारमा प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरेको छ ।

सोमबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै म्यानमारमा सेनाले चालेको कदमको नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख छ ।

म्यानमारमा सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सुकीको सुरक्षाको बारेमा समेत चासो व्यक्त गर्दै तत्काल रिहा गर्न आग्रह गरेको छ ।

म्यानमारमा हालै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेसँगै सेनाले नयाँ कदम चालेको हो ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेसँगै सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ