arrow

विवेकशील साझासँग एकीकरणका लागि कांग्रेस वीपीले गठन गर्यो वार्ता समिति

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
congress-bp1.jpg

काठमाडौं । नेपाली कांग्रेस (वीपी) ले विवेकशील साझासँग एकीकरणको छलफल गर्न वार्ता समिति गठन गरेको छ । नेपाली कांग्रेस (वीपी) र विवेकशील साझाबीच पटकपटक भएको अनौपचारिक वार्तापछि एकीकरणको छलफल गर्न नेपाली कांग्रेस (वीपी) को सोमबार बसेको पदाधिकारी बैठकले महामन्त्री पुष्पराज पराजुलीको संयोजकमा केन्द्रीय सदस्यहरु लक्ष्मीप्रसाद बास्कोटा, जगन्नाथ घिमिरे र श्याम बहादुर गुरुङ सदस्य रहेको ४ सदस्यीय वार्ता समिति गठन गरेको कार्यालय सचिव सुशीलराज वाग्लेले जानकारी दिए ।

विवेकशील साझाले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकताका लागि केन्द्रीय सदस्य केशव दाहालको संयोजकत्वका रमेश पौड्याल, समीक्षा बाँस्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको संवाद समिति यसअघि नै गठन गरेको छ ।

एकताको कुराकानी अघि बढाउने भनेपछि यी दुईबीच संविधानको विषयमा भने मतान्तर छ । विवेकशील साझाले अहिलेको संविधानमै टेकेर अघि जानुपर्ने मत राख्दै आएको छ । वीपीले संशोधनसहित २०४७ सालको संविधान पुनःस्थापन भन्दै आएको छ ।

२०७६ साल फागुनमा लुम्बिनीमा भएको तत्कालिन साझा पार्टीको लुम्बिनी राष्ट्रिय भेलाले धर्म निरपेक्षता र संघीयताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णय लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ