arrow

कान दुई वटा हुन्छन् भनेर प्रमाणित गर्नुपर्ने ? –कृष्ण पहाडी

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
krishna-pahadi-077.jpg

काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले अदालतमा कान दुई वटा हुन्छन् भनेर प्रमाणित गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् । उनले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै अहिले त्यही अधिकार छैन भनी अदालतमा बहस गर्नु कान दुई वटा हुन्छन् भनेर प्रमाणित गर्नुपर्ने जस्तै भएको बताएका हुन् । 

अदालतमा यो मुद्दा विचाराधीन भएको भन्दै आफूले अदालतबारे केही नबोल्ने तर प्रधानमन्त्री केपी शर्मा ओली अपराधी भएको उनले बताए ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा मंगलबार बिहान पहाडीले आफू २० पटकभन्दा बढी पटक केपी ओलीको कार्यकालमा पक्राउ परेको भन्दै खड्गप्रसाद ओलीका कारण खड्ग धेरै जनामाथि प्रहार भएको बताए ।

पहाडीले ओली निरंकुश भएको भन्दै संविधानको रक्षा गर्ने संविधानसभाका सभामुख सुवास नेम्वाङ प्रतिगमनको लेखनदास भएको आरोपसमेत लगाए ।

उनले दुई वर्षसम्म प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउन नपाउने नियम विश्वमै कतै नहुँदा पनि नेपालको संविधानमा रहेको तर प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने अधिकार संविधानमा लेख्दा भने ओलीले खड्ग प्रहार गर्नु गलत भएको बताए । 



नयाँ