arrow

नेपाली सेनाको रातारात बख्तरबन्द मार्चपास, दिउँसोको तयारी

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
baktarbandh-chakrapath3.jpg

काठमाडौं । नेपाली सेनाले सोमबार राति बख्तरबन्द गाडीको मार्चपास गरेको छ । राति १० बजेपछि काठमाडौंको चक्रपथमा सेनाले बख्तरबन्दगाडीहरुको मार्चपास गरेको हो । सीतापाइलाबाट सेनाले मार्चपास थालेको थियो ।

सेनाले यसलाई नियमित अभ्यास भनेको छ । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडलले यसलाई नियमित अभ्यास भनेका छन् । माघ १९ गते नै यो कार्य काठमाडौंमा हुनुलाई अनेक अड्कलबाजी भइरहँदा सेनाले अभ्यास बाहेक केही नभएको स्पष्ट पारेको हो । 

यसका लागि माघ १८ गते सेनाले १९ गते गरिने अभ्यासको बारेमा जानकारी दिएको थियो । सेनाले रातिमात्र नभएर दिउँसै पनि बख्तरबन्द मार्चपास गर्ने जनाएको छ । 

सेनाका अनुसार माघ २१ गते बुधबार दिउँसो काठमाडौंबाट पाँचखाल र ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरुबाट देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने तयारी छ ।

माघ १९ गते २०६१ सालमा शाही शासन लागू भएको थियो । धेरैले यसैसँग जोडेर पनि हेरे । हेरिरहेका छन् । 

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक हुँदै संसद विघटन गर्नु ९यो मुद्दा सर्वोच्चमा विचाराधीन छ०, आरोप प्रत्यारोप गर्नु, विधिको शासन नमान्नु, राजनीतिक संस्कार भुल्नु र विपक्षी दलका नेताहरुको आरोप अनुसार तानाशाही बन्नुले पनि कतै सेनाको बख्तरबन्द मार्चपास माघ १९ को संयोग मात्र नभई भयानक परिस्थितिको ट्रेलर हो कि भन्ने आशंका बढेको छ । 

त्यस्तै ओलीले नेकपाको ओली समूहको माघ २३ गते नारायणहिटी संग्रहालय अगाडि नै विशाल जनसभा गर्ने जनाइरहँदा त्यसलाई भद्दा राजनीतिको पराकाण्ठा भनी टिप्पणी गरिएको छ । अहिलेसम्म कसैले नगरेको काम गर्न रुचाउने ओलीले सिंहदरबारभित्रै पनि कार्यक्रम नगर्लान् भन्न सकिन्न भनी आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ