arrow

प्रचण्ड–नेपाल समूहमा महासचिवमा हानथाप, सुरेन्द्रको जिम्मालाई नारायणकाजीको असन्तुष्टि

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
prachanda-madhavs.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहमा नारायणकाजी श्रेष्ठले महासचिवमा दाबी गरेपछि अप्ठ्यारो भएको छ। श्रेष्ठले प्रचण्ड र नेपाल दुवैसँग भेटेर नै आफूलाई महासचिव चाहियो भनेपछि दुवै नेताहरू अप्ठ्यारोमा परेका हुन्।

सत्तारुढ नेकपा फुटेर दुई समूह बनेको अवस्थामा तत्कालीन महासचिव विष्णु पौडेल केपी शर्मा ओली नेतृत्वकै समूहमा बसेपछि प्रचण्ड–नेपाल नयाँ महासचिवको छान्न तयारी गरेका बेला श्रेष्ठले दाबी गरेका हुन्।
 
नेकपा विभाजित भएपछि एक अर्कालाई कारबाही गर्न उत्रिएका दुवै समूहबिचको झडप द्वन्द्व सुरु भएको छ। ओली समूहमा रहेका नेताहरूलाई प्रचण्ड–नेपाल समूहले कारबाही गरेका बेला  महासचिवमा भने अहिलेसम्म छान्न सकेका छैनन्।

नेकपा विभाजित भएपछि ओली समूहले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी तोकेको छ। प्रचण्ड–नेपाल समूहले पनि ओलीलाई नै अध्यक्षबाट हटाएको दाबी गरेको छ भने प्रदेश इन्चार्जहरू पनि नयाँ राखिरहेको छ।

अलग्गै पार्टीको अभ्यास गरिरहेको प्रचण्ड–नेपाल समूहका लागि पार्टी कार्यालय सञ्चालन, माइन्युटिङ तथा बैठक आह्वान जस्ता कामको जिम्मेवारी पाएको महासचिव छान्नु चुनौतीपूर्ण भएपछि अहिले सुरेन्द्र पाण्डेले महासचिवको काम गरिरहेका छन्। तर श्रेष्ठले असन्तुष्टि जनाइरहेको स्रोतको दाबी  छ।

महासचिवका लागि प्रचण्ड–नेपाल दुवै समूहबाट पाँचभन्दा धेरै दाबेदार निस्किएका छन्। यो समूहले विभिन्न चरणमा छलफल गरे पनि महासचिवमा सर्वसम्मत रूपमा छान्न नसक्दा श्रेष्ठले बिचमा महासचिव दाबी गरेका हुन्। तर उनी महासचिव बन्ने सम्भावना नभएको स्रोतले जनाएको छ।

महासचिव बनाउने व्यक्तिलाई लिएर यो समूहका अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालबिच छलफल चलिरहेको छ।

तीनै नेताले महासचिवमा आफूनिकट नेता लैजान चाहेपछि शुरुमै यो समूहभित्र विवाद जन्मिएको थियो तर पाण्डे भने सर्वसम्मत रूपमै अघि बढ्ने सम्भावना देखिँदा  महासचिव बन्न नेताहरू  पाण्डेका अतिरिक्त, भीम रावल, घनश्याम भुसाल, वर्षमान पुन र जनार्दन शर्मा आकाङ्क्षी देखिए। धेरै जना आकाङ्क्षी देखिएपछि श्रेष्ठले आफू महासचिव बन्न खोजेको स्रोतको दाबी छ।

यी नेताहरु मध्ये एक जना छान्न तीन नेताबिच कुरा नमिलेको हो। पुस ९ गते बसेको नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकको मूल एजेन्डा नै महासचिव चयन गर्नु थियो। तर बैठकअघि कुरा मिल्न सकेपछि त्यो एजेन्डालाई कार्यसूचीबाटै हटाइएर अहिलेसम्म महासचिव छान्न सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ