arrow

नारायणहिटी सडकमा आयोजना हुने ओली समूहको जनसभाका लागि रुट तोकियो

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
kpoli.jpg

काठमाडौं । नेकपाको ओली समूहको बागमती प्रदेश कमिटीले माघ २३ गते गर्ने भनेको जनसभाका लागि अन्तिम तयारी गरिरहेको छ ।

प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा गर्ने जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ।

जनसभाका लागि र्‍यालीमा आउने कार्यकर्ता तथा शुभेच्छुकहरुका लागि काठमाडौं उपत्यका भित्रका विभिन्न १६ रुट निर्धारण गरेको छ ।

सभाको नारा पनि तय गरिएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा सभामा प्रयोग गरिने छ ।

प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले  विज्ञप्ति जारी गर्दै र्‍यालीका रुट र जिम्मेवारी क्षेत्र तोकेका हुन् ।

बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स अगाडि, त्रिपुरेश्वर, गौशाला,  माइतिघर, पुतलीसडक, लैनचौर, सोर्‍हखुट्टे, टेकु, बसन्तपुर,  ज्ञानेश्वर, पुरानो बानेश्वरलाई र्‍यालीको रुट क्षेत्र तोकिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ