arrow

नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोगमा पार्टी आधिकारिताका लागि दाबी पेश 

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
election-commission-nepal.jpg

काठमाडौं। पार्टी आधिकारिकता दाबी गर्न भन्दै नेकपा प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरू गर्दै निर्वाचन आयोगमा पुगेका छन्। अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरू आयोगको कार्यालय पुगेका हुन्।

उनीहरूले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेस गरेको स्रोतले जानकारी दिएको छ । समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो।

आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेकाले समूहले पुनः २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेको जनाइएको छ ।

सोमबार बसेको समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ