arrow

अमेजनका सिइओ जेफ बेजोसले पद त्याग्दै 

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
jeff-bezos-amazon.jpg

काठमाडौं । विश्वकै सबैभन्दा ठुलो अनलाइन किनमेल कम्पनी अमेजनका मालिक जेफ बेजोसले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद छोड्ने भएका छन् ।सन् १९९४ मा बेजोसले कम्पनीको स्थापना गरेका थिए । उनी कम्पनीका कार्यकारी अध्यक्ष बन्ने छन् । यसले उनलाई उनका अन्य कम्पनीहरूमाथि केन्द्रित हुन समय र ऊर्जा मिल्नेछ ।

विश्वकै सबैभन्दा धनी व्यक्ति बेजोसको ठाउँमा एन्डी जासी सिइओ हुनेछन् । उनले अहिले अमेजनको वेब सर्भिस सम्हाली रहेका छन् ।

यस वर्ष (सन् २०२१)को दोस्रो मध्यमा बेजोसले पद छोड्ने छन् । अमेजनको सिइओ हुनु ठुलो जिम्मेवारी हो र यो हुँदै गर्दा अन्त ध्यान दिन कठिन हुन्छ, बेजोसले एक पत्रमा अमेजनका कर्मचारीहरूलाई भनेका छन् ।

१९६.२ अर्बभन्दा बढी सम्पत्ति रहेका बेजोसको कम्पनी अमेजनमा विश्वभर करिब १३ लाख कर्मचारीहरू आबद्ध छन् । अब, सिइओ हुने जासी सन् १९९७ मा अमेजनमा आबद्ध भएका थिए ।

बेजोसले वाशिंगटन पोस्ट, ब्लु ओरिजन, डेवान फण्डलगायतका अन्य कम्पनीमा फोकस हुन सिइओ पद छोड्न लागेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ