- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन् । नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।
उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो । संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ गराएका थिए ।
प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानन्यायाधीश राणाबाट राष्ट्रिय दलित आयोगका नवनियुक्त अध्यक्ष देवराज विश्वकर्मा र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पनि पद तथा गोपनीयताको शपथ लिए ।
उक्त समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नवनियुक्त प्रमुख आयुक्त राईले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र डा जानकीकुमारी तुलाधरलाई शपथ गराएका थिए । राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त अध्यक्ष मगरले नवनियुक्त सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेल, मिहिर ठाकुर, मनोज दवाडी र लिलीहजुर बस्न्यातलाई शपथ गराए।
उक्त समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका सदस्य द्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगका सदस्यत्रय मीनादेवी सोब, टुञ्जे कामी र मेहले पार्की तथा राष्ट्रिय समावेशी आयोगका सदस्य द्वय रामचन्द्र जोशी र हरिदत्त जोशीलाई समेत सम्बन्धित निकायका प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
यस्तै आदिवासी जनजाति आयोगका सदस्यत्रय डा मीनबहादुर श्रीस, रीना राना र शरण राईलाई अध्यक्ष मगरले शपथ गराएका थिए । मधेशी आयोगका सदस्यत्रय जीवछ शाह, रेणुदेवी शाह र विजयकुमार गुप्ता तथा मुस्लिम आयोगका सदस्य द्वय महमद्दिन अली र मिर्जा अर्सद वेगलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ गराए ।
समारोहमा अध्यक्ष सहभागी हुन नसकेकाले थारू आयोगका नवनियुक्त सदस्य सुबोधसिंह थारू र भोलाराम चौधरीको पद तथा गोपनीयताको शपथ भने पछि गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
क कसले लिए शपथ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्त : प्रेमकुमार राई
आयुक्त : जयबहादुर चन्द
आयुक्त : किशोर सिलवाल
निर्वाचन आयोग
आयुक्त : रामप्रसाद भण्डारी
आयुक्त : डा. जानकी तुलाधर
राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्ष : तपबहादुर मगर
सदस्यहरू
सदस्य : मनोज दवाडी
सदस्य : डा. सूर्य प्रसाद शर्मा ढुंगेल
सदस्य : लिली हजुर बस्न्यात
सदस्य : मिहिर ठाकुर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य जुद्ध गुरुङ
सदस्य अमरराज मिश्र
राष्ट्रिय महिला आयोग
अध्यक्ष : कमलाकुमारी पराजुली
सदस्य : कृष्णकुमारी पौडेल खतिवडा
सदस्य : विद्याकुमारी सिन्हा
राष्ट्रिय दलित आयोग
अध्यक्ष: देवराज विश्वकर्मा
सदस्य : मिना देवी सोब
सदस्य : टुन्जे कामी
सदस्य : मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग
सदस्य : रामचन्द्र जोशी
सदस्य : हरिभक्त जोशी
आदिवासी जनजाति आयोग
अध्यक्ष : रामबहादुर थापा मागर
सदस्य : मीन बहादुर श्रीस
सदस्य : रिना राना
सदस्य : शरण राई
मधेसी आयोग
सदस्य : जिवच्छ साह
सदस्य : रेणुदेवी साह
सदस्य : विजय कुमार गुप्ता
थारू आयोग
सदस्य : सुबोधसिंह थारू
सदस्य : भोलाराम चौधरी
मुस्लिम आयोग
सदस्य : महमुद्दिम अली
सदस्य : मिर्जा अर्सद बेग