arrow

निर्वाचन आयोगले निर्वाचन गर्न माग्यो ७ अर्ब ७ करोड

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
election-commission-nepal.jpg

काठमाडौँ । निर्वाचन आयोगले १७ र २७ वैशाखका लागि घोषित निर्वाचन सम्पन्न गर्न सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ ।  आयोगको मङ्गलवार बसेको बैठकले दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्दै पत्राचार गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सकेसम्म कम खर्चमा मितव्ययी तरिकाबाट निर्वाचन सम्पन्न गर्ने गरी आयोगले खर्च माग गरेको बताए ।  ‘सकेसम्म कम खर्चमा निर्वाचन सम्पन्न नगर्ने गरी आयोगले खर्च माग गरेको छ, हामी यो निर्वाचनमा मतपेटिका देखि धेरै सामग्री पहिलेकै निर्वाचनको प्रयोग गर्छौँ, सवारी साधन पनि मर्मत गरेरै चलाउँदै छौँ र निर्वाचनलाई मितव्ययी ढङ्गबाट सम्पन्न गर्छौँ,’ आयोगका प्रमुख आयुक्त थपलियाले हाम्रा कुरासँग भने । उनले कोभिड १९ को महामारीका कारण आयोगले गर्ने तालिम लगायतका गतिविधि पनि अनलाइन प्रणालीमार्फत नै गर्ने जानकारी दिए ।

आयोगले कोभिड १९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ प्रस्ताव गरेको छ । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मात्रै ७ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ