arrow

'बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ'

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
baburam2.jpg

चितवन । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले बिहीबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गरे ।

पूर्व प्रधानमन्त्री डा भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्म विपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्ने बताए ।

उनले भने, “हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।” पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उनले बताए ।

फरक प्रसङ्गमा उनले पार्टी एकताको प्रक्रिया केही समयमा नै टुङ्गाएर अघि बढ्ने योजनासहित अघि बढेको जानकारी दिए । “पार्टीलाई वैकल्पिक शक्तिका रूपमा विकास गर्ने योजनाका साथ हामी लागेका छौँ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ