arrow

नेपाल प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हुँदै

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ २१ बुधबार
press-union-banke.jpg

बर्दिया । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी जेठमा हुने भएको छ । बर्दियाको ठाकुरद्वारामा बुधवार  बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी जेठ १३ र १४ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रेस युनियनको नवौँ महाधिवेशन आगामी जेठ १३ र १४ गतेका लागि निर्धारण गरिएको महासचिव अजय बाबु सिवाकोटीले जानकारी दिए । महाधिवेशन स्थलको टुङ्गो भने सचिवालयले लगाउने महासचिव शिवाकोटीले बताए ।

युनियनले यसअघि गत चैत २१ र २२ गते नेपालगन्जमा महाधिवेशन गर्ने निर्णय गरेर तयारी समेत थालिसकेको थियो । तर, विश्वव्यापीकरण फैलिएको कोरोना महामारीका कारण महाधिवेशन स्थगित गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ