arrow

असंवैधानिक कदमविरुद्ध हड्ताल

अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु पक्राउ, दुई घाइते

अधिकांश नेताहरु सडकमा

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
astalaxmi-shakya-arrest.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहको बन्द आह्वान सफल बनाउन सडकमा उत्रेका नेताहरुलाई प्रहरीले धमाधम पक्रन थालेको छ । बिहानै काठमाडौंको कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश सांसद अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु पक्राउ परेका छन् । 

केन्द्रीय सदस्य हितमान शाक्य, अमृता थापालगायत केन्द्रीय नेता पनि पक्राउ परेका छन् ।

शाक्यले कलंकी, बालाजु, सोह्रखुट्टे, गंगबु, चाबहिल, बागबजार लगायतका स्थानबाट पक्राउ गरेर महाराजगञ्जमा ल्याएको बताइन् । उनले झण्डै ५० जनालाई ल्याएर एकैठाउँमा राखिएको बताइन् । 

उनले दुई जना घाइते भएको बताइन् । उनले घाइतेको उपचारका लागि आफूले डीएसपीलाई फोन गरेर बोलाएको बताइन् । घाइतेहरुको टाउको फुटेको छ भने खुट्टा भाँचिएको छ । त्यस्तै आँखामा पनि चोट लागेको उनले बताइन् । 

त्यस्तै नेकपा नेता विष्णु रिजालका अनुसार कृष्ण केसी लगायतका नेताहरु चाबहिलबाट, रमेश मल्ल लगायतका नेताहरु बागबजारबाट पक्राउ परेका छन् । 

त्यस्तै नेकपा नेता रामप्रसाद सापकोटा दीपशिखाका अनुसार गंगगुबाट नेकपाका कार्यकर्ताहरु पक्राउ परेका छन् । 

सबैजसो नेताहरु सडकमै रहेका छन् । 

यो पनि पढ्नुस्–

उपत्यकाको सुरक्षा व्यवस्था कडा, दर्जनौं पक्राउ, ट्याक्सीमा आगजनी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ