arrow

प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरी बिच झडप, मेयरको छोरो हिरो बनेको भन्दै तोडफोड

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७७ माघ २२ बिहिबार
hetauda-banda.jpg

हेटौँडा । हेटौँडामा प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बिच झडप भएको छ । हेटौँडाको बुद्ध चोक र सिम चोकमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरी बिच झडप भएको हो ।

बिहीबार  गरिएको आम हडतालको अवज्ञा गरेको भन्दै बन्धकर्ताले मोटरसाइकल चलाउन रोक लगाउन थालेपछि प्रहरी सँग भनाभन भएको हो ।

झडप भएपछि प्रहरीले अनेरास्ववियुका विद्यार्थी नेता राम कृष्ण सिवाकोटीलाई पक्राउ गरेको छ । त्यस्तै हेटौँडा उपमहानगरपालिकाका मेयर मरोबोल महतका छोरा रूपक महतले दादागिरी देखाएको भन्दै मोटरसाइकल तोडफोड गरेका छन् ।

उपस्थित बन्धकर्ताका अनुसार हेटौँडाको सिम चोकमा जम्मा भएर बसेका प्रचण्ड-नेपाल समूहका कार्यकर्ताको अगाडी गएर महतले थर्काएको र हेलमेटले हान्न खोजेपछि उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रोशित कार्यकर्ताले उनी चढेको मोटरसाइकल तोडफोड गरेका छन् ।

प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बिच ठाउँ ठाउँमा झडप समेत भएको छ । अवस्था तनावग्रस्त बनेपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।हेटौँडामा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता आक्रामक बन्दै गएका छन् ।

यता आम हडतालमा कारण हेटौँडामा बिहीबार बिहानै देखि अलपत्र परेका यात्रुवाहक बस र मालवाहक गाडीलाई प्रहरीले स्कटिङ्ग गरेर जिल्ला बाहिर पठाएको छ । बन्धकर्ताले बाटोमा अवरोध खडा गरी गाडी चल्न नदिएपछि स्कटिङ्ग  गरेर हेटौँडा बजार कटाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ