arrow

प्रहरीको कुटाइबाट पूर्व मन्त्रीद्वय मातृका यादव र रामचन्द्र झा घाइते

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ माघ २२ बिहिबार
janakpur-jhadap.jpg

जनकपुरधाम । जनकपुरधाममा भएको झडपमा नेकपा प्रचण्ड-नेपाल समूहका नेताद्वय मातृका यादव र रामचन्द्र झा घाइते भएका छन् ।

जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा पूर्व मन्त्रीद्वय मातृका यादव र रामचन्द्र झा घाइते भएका हुन् । नेकपा नेताद्वय मातृका यादव र रामचन्द्र झा नेतृत्वमा निस्केको जुलुसले बजार बन्द गराउने क्रममा झडप भएको हो ।

प्रहरीले लाठी चार्ज गरी नेता रामचन्द्र झाको टाउको फुटाएको छ भने मातृका यादव घाइते भएका छन् । झडपमा यादव, झा सहित ११ जना घाइते भएका छन् । झडपका क्रममा केही गाडीमा तोडफोडसमेत भएको छ ।

यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । झडप पछि झासहित शिवकुमार गोईत, सुरेश कापर, कारीराम यादव, प्रदीप साह, रुपेश बिराजी, उमेश साह, रञ्जित पाण्डे, अपराज मण्डल, सुभाष मण्डल र बिराजु बिराजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

प्रहरी निरीक्षक अशोक झाको कमाण्डमा रहेको टोलीले झडपको क्रममा १२ राउण्ड हवाइ फायर र दर्जनौँ अश्रुग्याँस फायर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ