arrow

नेकपाको आधिकारिक फेसबुक पेज प्रचण्ड-नेपाल समूहको नियन्त्रणमा, नियमित लाइभ गर्न थालियो

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
nekapa00.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि पार्टीको आधिकारिक फेसबुक पेज प्रचण्ड-नेपाल समूहले आफ्नो नियन्त्रणमा राखेको छ ।

पार्टी विभाजन भएको लामो समयसम्म सञ्चालनमा नआएको फेसबुक पेज केही दिनअघिबाट उक्त समूहले संचालनमा ल्याएको हो ।

पेजमार्फत उक्त समूहले आफ्ना गतिविधि तथा आन्तरवार्ताहरु लाइभ गर्न थालेको छ । उक्त पेजको आधिकारिकता आफूसँग रहेको र अब हरेक दिन लाइभ गरिने केन्द्रिय सदस्य विष्णु रिजालले जानकारी दिए ।

करिब तीन महिनादेखि निष्क्रियजस्तै रहेको उक्त पेज मंगलबार पहिलो पटक प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका बारेमा जानकारी दिएका थिए ।

त्यस्तै पत्रकार राजेश राईले पनि नेता भीम रावलसँग अन्तरवार्ता लाइभ गरेका थिए । विहीबार आयोजना गरिएको देशब्यापी बन्दका कार्यक्रम र घट्नाक्रमहरुबारे पनि पेजमार्फत जानकारी गराइएको छ ।

नेकपा विभाजनपछि पार्टीको आधिकारिक सम्पत्तिमा कसको अधिकार भन्ने अझैसम्म अन्यौल छ । पार्टीको आधिकारिकता नटुङ्गिएसम्म बैंक खाता समेत रोक्का गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ