arrow

मौसममा प्रभावः ठाउँठाउँमा वर्षा र हिमपात, काठमाडौंमा साँझसम्म वर्षा 

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
weather-final.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आंशिक बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ । देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश न १ का केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात तथा सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश न १ र बागमती प्रदेशमाबदली भै हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौं उपत्यकामा आंशिक बदली रहेको छ । दिउँसो र साँझ हल्कादेखि मध्यम वर्षा हुने अर्यालले बताए । काठमाडौंको बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो । दिउँसो अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने उनले बताए । 

हिमपातले जनजीवन कष्टकर, किसान खुशी



नयाँ