arrow

घट्यो काठमाडौंको तापक्रम, कहाँ कहाँ भयो वर्षा ? 

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
raining.jpeg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। पश्चिमी प्रणालीले वर्षा गराउँछ । देशैभर मौसममा बदलाब आएको छ । 

यसको असर काठमाडौं उपत्यकामा पनि पर्दैछ । उपत्यकामा दिउँसोदेखि साँझसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

काठमाडौंको तापक्रमसमेत घटेको छ । बिहान ५ डिग्री रहेको तापक्रम घाम लागेपछि घटेर ३.५ डिग्री सेल्सियससम्म घटेको छ । 

बिहान सबैभन्दा कम जुम्लामा ०.५, डडेलधुरामा २ डिग्री सेल्सियस तथा नेपालगञ्जमा १३.६ डिग्री सेल्सियस तापक्रम रह्यो । 

देशका विभिन्न ठाउँमा वर्षा भएको छ । पछिल्लो २४ घण्टामा डडेलधुरामा सबैभन्दा बढी ९.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै दिपायलमा ८, वीरेन्द्रनगरमा २.७, नेपालगञ्जमा ३.८, जुम्लामा ८.३, घोराहीमा ०.३, पोखरामा ०.२ डिग्री सेल्सियस वर्षा भएको छ । 



नयाँ