arrow

शीतलनिवास अगाडि बृहत् नागरिक आन्दोलनको मार्चपास

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
nagarik2.jpg

काठमाडौं ।  बृहत् नागरिक आन्दोलनले शुक्रबार बिहान लैनचौरबाट पानीपोखरी हुँदै शीतल निवाससम्म मार्चपास गरेको छ ।

प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोधमा मार्चपास गरिएको हो ।

मार्चपासका क्रममा उनीहरुलाई प्रहरीले पानी पोखरीमै रोक्ने प्रयास गरेको थियो । सो क्रममा नागरिक अगुवाहरुले पानीपोखरी क्षेत्रमै कोणसभा गरेका थिए ।

मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि कोणसभा गरिएको  हो ।

मार्चपासका क्रममा राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावादलगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो । सभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ