arrow

नेकपा ओली समूहको जनसभा: दरबारमार्ग क्षेत्रका डिभाइडर हटाइयो, सडक पखालियो

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
Nekap_sava.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली समूहको जनसभाको अन्तिम तयारी गरिएको छ ।

नारायणहिटी दरबार अघिल्तिर हुने जनसभामा दरबारमार्गको सडक बिहानै पानीले पखालिएको छ । विहीबार राती नै दरबारमार्ग भएका डिभाइडर हटाइएको छ ।

विभिन्न स्थानमा घुम्ती शौचालयहरु निर्माण गरिएको छ । जनसभा स्थल आसपास शुक्रबार १० बजेपछि सवारी साधनको चाप बढेको छ ।

मध्याह्न १२ बजेदेखि  हुने सभा अघि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ ।

जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ