arrow

योगमार्फत भक्तलाई उड्न सिकाउँथे महर्षि महेश 

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
maharshi-mahesh.jpg

काठमाडौं । परापूर्वकालमा सबै उड्न सक्थे । तर अहिले ? योग र अध्यात्मबाट भने उड्न सक्ने तागत आउने दावी गरिन्छ ।  योग र अध्यात्मबाटै उड्न सिकाउने सन्त महर्षि हुन् महेश योगी । 

उनको सन् २००८ को फेब्रुअरी ५ तारिखमा ९१ वर्षको उमेरमा नेदरल्यान्डमा आफ्नै घरमा निधन भएको थियो । उनको भावातीत ध्यान विश्वभरमा लोकप्रिय छ । 

भारतको छत्तीसगढका महर्षि योगीको वास्तविक नाम महेशप्रसाद वर्मा थियो । उनी सन् १९१८ जनवरी १२ मा जन्मिएका थिए । उनले इलाहाबादबाट दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । 

देश विदेशका हस्तीहरु उनलाई आफ्नो गुरु मान्छन् । ६० को दशकमा महसुर बेलायती रक ब्यान्ड बिटल्सका सदस्यहरुले पनि महर्षि योगीलाई अनुयायी मान्थे । 

उनको ऋषिकेश आश्रममा तीन महिनासम्म बिटल्स ग्रुप बसेको थियो । बिटल्सकै कारण पश्चिममा उनको प्रसिद्धि बढेको थियो । 

उनले हिप्पी संस्कृतिबीच योग र ध्यानका माध्यमबाट आफ्नो गहिरो छाप जमाएका थिए । उनका भारतमा भन्दा विदेशमा बढी भक्त छन् । 

उनले ‘फ्लाइङ योगा’ सिकाउँथे । यो योगको सिद्धान्तबारे धेरै नै शोध भएको महर्षिको दाबी थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ