arrow

ओली समूहको जनसभाले सवारी आवागमन अस्तव्यस्त

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
nekapa-oli.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको जनसभामा सहभागि हुन काठमाडौंका १३ स्थानबाट जुलूसहरु निस्किएका छन् । जुलूसका कारण दरबारमार्ग आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको छ ।

ट्राफिक प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार दरबारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जय नेपाल, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।

सवारी आवागमन सहज बनाउनका लागी भाडाका ठूला सवारी साधनलाई भने चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको छ ।

ड्राइभर्सनका कारण माइतिघर, सिंहदरबार, पुतलीसडक, कृणपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन केही क्यूमा चलिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कार्यक्रम अवधिभर सवारी साधन ड्राइभर्सन हुने भएकोले सवारी साधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।

नेकपा वाग्मती प्रदेश कमिटिले आयोजना गरेको जनसभामा काठमाडौं, भक्तपुर, ललितपुर साथै उपत्यका आसपासका जिल्लालगायत विभिन्न स्थानबाट नेकपा कार्यकर्ता, सम्पर्क मञ्च, जनवर्गीय संगठन तथा नागरिकहरु फरक फरक ठाउँमा जम्मा भएर कार्यक्रम स्थलतर्फ आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ