arrow

मांसाहारी आन्दोलनको अपराध गर्नेलाई जावलाखेलको ‘जु’मा राखिन्छ : गृहमन्त्री

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
Ram-b-thapa1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गरेर अपराध गर्नेलाई जावलाखेलको जु(चिडियाखाना) मा लगेर राखिने चेतावनी दिएका छन् ।

केपी शर्मा ओली नेतृत्वको नेकपाले राजधानीमा गरेको जनसभालाई सम्बोधन गर्दै बादलले मांसाहारी आन्दोलन कानुन विपरित रहेको र त्यस्तो क्रियाकलापमा संलग्नलाई जावलाखेलको चिडियाखानामा लगेर राखिने चेतावनी दिए ।

‘केहीले भन्दै छन, अब मांंसाहारी आन्दोलन हुन्छ, मांसाहारी आन्दोलन अपराध हो, त्यस्तो अपराध गर्नेलाई जावलाखेलको जु मा लगेर राखिन्छ,’ जनसभालाई सम्बोधन गर्दै सरकारका उपप्रधानमन्त्रीसमेत रहेका बादलले भने ।

उनले जन परिचालनबाट मात्रै अब राजनीतिक नेतृत्वलाई जोगाउन सकिने भएकाले सिंगो पार्टी आन्दोलनमा होमिएको बताए ।

नेता बादलले आगामी निर्वाचन नेतृत्वलाई जोगाउनका लागि ऐतिहासिक आन्दोलन भएको र निर्वाचनले नेतृत्वको रक्षा गर्ने समेत बताए । 
उनले नारायणहिटी अगाडि जनसभा गरिएको सन्दर्भमा समेत प्रष्ट पार्दै ‘राजतन्त्रको स्थापना हैन, गणतन्त्रको सुदृढीकरणका लागि नारायणहिटी अगाडी सभा आयोजना गरिएको’ जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ