arrow

जनता नै ठूला न्यायाधीश हुन् : ईश्वर पोखरेल

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
ISwarfinal.jpg

काठमाडौं । नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओली शर्मा नेतृत्वको नेकपाले निर्वाचन आयोगबाट आधिकारिता पाउने र सूर्य चिन्ह पनि आफूहरुकै हुने दाबी गरेका छन् ।

‘उहाँहरु निर्वाचन आयोगमा गएर धम्की दिनुहुन्छ, खबरदार ! चुनाव गराउलास भन्नुहुन्छ, त्यो जनभावना विपरित हो,’ उनले भने,‘यस्तो अवस्थामा हामीहरु जस्तासुकै प्रतिकुलता आएपनि मुलुकमा राजनीतिक स्थायित्वका लागि लडिरहनेछौं ।’

संविधानको रक्षाका लागि लागिरहने बताउँदै नेता पोखरेलले नेपाल बन्द गराउने काम जनविरोधी कदम भएको संज्ञा दिए । नेता पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नहुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।

शुक्रबार नारायणहिटीको प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले भने,‘ यतिबेला हामी राजनीतिक अस्थिरतालाई विश्राम दिन चाहन्थ्यौं, समृद्धिलाई अघि बढ्न चाहन्थ्यौं तर अराजकता सुरु गरियो त्यसकै लागि यो आन्दोलन गरेका हौं ।’
उनले ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको ऐतिहासिक घोषणालाई सफल बनाउने अठोट पनि लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ