- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले काउन्टर जवाफ दिएका छन् ।
रावलले बादललाई पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्न भएको टिप्पणी गरेका छन्।
रावलले शुक्रबार अपरान्हतिर ट्विट गर्दै लेखेका छन्, –‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरुद्ध आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा थुने गृह मन्त्रीको भाषण प्रधानमन्त्री ओली निरंकशु पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ, निरंकुशता ढल्छ ।’