arrow

ईयुका शीर्ष कूटनीतिज्ञ रुसमा, नाभाल्नीलाई छोड्न माग

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
Putin-navalni-russia.jpg

काठमाडौं । युरोपेली सङ्घ (ईयु)का शीर्ष कूटनीतिक जोसेफ बोररेल शुक्रवार मस्को (रुसको राजधानी) पुगेका छन् । आज त्यहाँ उनले विदेश मन्त्री सर्गेई लाभ्रोभसँग विभिन्न विषयमा छलफल गर्ने भएका छन् ।आज नै रुसी भ्रष्टाचार विरोधी अभियन्ता एवं विपक्षी पार्टीका नेता एलेक्सी नाभाल्नी मानहानि मुद्दामा अदालतमा छन् ।

विभिन्न सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै राष्ट्रपति भ्लादिमिर पुटिन सरकारले नाभल्नीलाई करिब ३ वर्षको जेल सजाय सुनाएको छ ।तर, ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उनको रिहाइको माग गरेका छन् । यसबिच सन २०१७ यता पहिलो पटक ईयुका शीर्ष कूटनीतिज्ञ मस्को पुगेका हुन् ।

भेटका क्रममा उनले नाभाल्नीको रिहाइको माग गर्ने बताइएको छ । केही दिन अघि राष्ट्रपति पुटिनले भ्रष्टाचार गर्दै बनाएको एक अर्ब मूल्य बराबरको प्यालेसको भिडियो नाभाल्नीले युट्युबबाट सार्वजनिक गरेका थिए ।

अहिले नाभाल्नीको रिहाइको माग गर्दै रुसका दर्जनौँ सहरमा प्रदर्शन भइरहेको छ । तर, पुटिन सरकारले प्रदर्शनमा उत्रिएका करिब दश हजारलाई पक्राउ गरिसकेको छ । रुसको यो कदमको विश्वव्यापी निन्दा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ