arrow

ड्राइभर जलाउन खोज्ने कतै सर्वहारावादी हुन्छ ?: प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
KP-Oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह नरभंक्षी भएको आरोप लगाएका छन् ।

ओलीले शाकाहारी आन्दोलन नहुने भन्दै मांसाहारी आन्दोलन गर्नुपर्ने बताउनुले उनीहरु नरभंक्षी भएको प्रष्ट भएको जिकीर गरेका हुन् ।

आफ्नो समूहले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘बन्दमा गरीब/श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी फाले । गरीब ट्याक्सीवालाको ट्याक्सी जलाए । ड्राइभर जलाउन खोज्ने पनि कतै सर्वहारावादी हुन्छ ?’

उनले थपे, ‘शाकाकारी आन्दोलन हुन्न भनेको के हो ? मांसाहारी आन्दोलन भनेको के हो ? उनीहरुले नरभक्षी आन्दोलन गर्न खोजे । उनीहरु नरभंक्षी हुन् । अब मांसाहारी आन्दोलन गर्ने, हिंसा गर्ने दिन गए । अबको नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ