arrow

'नेकपाले जनमतको रक्षा गर्न सकेन'

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
Ramchandra-Poudel.jpg

रामपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताएका छन् ।

पाल्पाको रामपुरमा शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको आरोप लगाउँदै प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै ठूलो विषम परिस्थिति सिर्जना भएको र जनतामा निराशा छाएको विचार व्यक्त गरे ।
 
बहुमतको प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको प्रावधान संविधानमा नभएको जिकिर गर्दै उनले विश्वासको मत लिन नसकेका अवस्थामा मात्र विघटन गर्ने अधिकार रहेको बताए।



नयाँ