arrow

डा.केसीको अगुवाइमा काठमाडौंमा अहिंसात्मक नागरिक प्रदर्शन 

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
dr_kc1.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा काठमाडौंमा डा.गोविन्द केसीको अगुवाइमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ ।

माइतीघरमा गरिएको प्रर्दशनमा सहभागीहरुले ‘सर्वसत्तावाद मुर्दावाद’, ‘लोकतन्त्र मास्न पाइँदैन’, ‘नागरिक अगाढि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’, ‘सवैधानिक सर्वोच्चता कायम गर’, ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरङ्कुस सरकार चाहिँदैन’ लगायतका नारा लेखेका पोस्टर बोकेका थिए ।

प्रदर्शनकारीहरुले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका छन् । उनीहरुले सरकार स्वेच्छाचारी बनेको आरोप लगाउँदै नागरिक समूहले सरकारलाई खबरदारी गर्ने बताए । नागरिक प्रदर्शनमा पत्रकार, कलाकार, समाजसेवी, बुद्धिजिवी, विद्यार्थी लगायतको सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ