arrow

प्रचण्डको साथ छाडेका बादललाई ओली समूहमा पनि तनाव !

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
badal3.jpg

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामीप्यमा रहेर करिब दुई दशक बढी राजनीतिक सहयात्रा गरेका गृहमन्त्री राम बहादुर थापा बादल यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा छन् ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित बनेको नेकपाभित्रका प्रभावशाली मानिने बादल ओली समूहमा जान्छन भन्ने धेरैले अनुमान लगाएकै थिएनन्। तर प्रचण्ड र ओलीबिचको तिक्तता बढेपछि नेकपा विभाजनको चरणमा पुग्यो। विभाजित नेकपाभित्र बादल कहाँ अटाउँछन् भन्ने धेरैले अनुमान लगाउन सकेकै थिएनन्।

दुवैतिरको तानातानमा परेका बादल अन्ततः प्रचण्डसँगको सहयात्रालाई पूर्णविराम लगाउँदै ओलीलाई साथ दिन पुगे। उनले प्रतिनिधि सभा विघटन बाध्यात्मक कदम हो भन्दै ओलीलाई बचाउ गरिरहेका छन् ।

यद्यपि, ओली समूहमा बरीयताको महत्त्वपूर्ण स्थानमा पाउँछु भन्ने सपना बोकेका बादल अझै त्यो सपना पूरा गर्न पाएका छैनन्। ओलीले सह अध्यक्ष बनाउने आश्वासन दिएर आफ्नो क्याम्पमा भित्राएका बादल अझै पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा मुनिको स्थानमै रहेको बुझ्न सकिन्छ।

किनकि शुक्रवार काठमाडौँ नारायणहिटी दरबार अगाडि भएको जनसभामा बादल पोखरेल भन्दा पहिले नै बोले। जन निर्वाचित प्रतिनिधि सभा विघटन गर्नेजस्तो ‘गैर संवैधानिक’ कदमलाई ‘क्रान्तिकारी’, ’अग्रगामी’, ’राष्ट्रवादी’ भनेर बादल ओलीपछिको नेता आफैँ हुँ भन्ने किसिमले अभिव्यक्ति दिए।

तर शुक्रवारको सभामा बादललाई उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य पोखरेलभन्दा मुनि राखेर अतिथि बनाइयो र सोही अनुरूप मन्तव्य राख्ने अवसर दिइनुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघिका कार्यक्रममा पनि बादलको वरीयता पोखरेलभन्दा मुनि नै छ।

यसअघि बामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँछु भनेर आश्वासन दिएका ओलीले बादललाई सह अध्यक्ष बनाउने सम्भावना न्यून देखिन थालेको छ। प्रतिस्पर्धीहरुले सिधै अनुमान लगाउन थालिसकेका छन्–बादललाई ओलीले फसाए, ललिपप खुवाए।’

प्रचण्डकै कोटाबाट गृहमन्त्री बनेका बादल प्रचण्डले विषमै गृहमन्त्रीबाट हटाउन खोजेपछि सम्बन्ध चिसिएको खबर बाहिरिएपछि ओलीले उनलाई पार्टीको दोस्रो वरियताको नेता बनाउने गरी सहमति गरेका थिए।

ओलीले पनि दोस्रो वरियता बादललाई दिने पटक पटक भन्दै आइरहेका छन्। तर पोखरेलका कारण ओलीलाई तत्कालै निर्णय गर्न सकस भएको छ। सचिवालय बैठकमा आठौँ वरियतामा रहेका बादल पोखरेलभन्दा माथि हुने भएपछि निकै खुसी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ