arrow

ओली र ज्ञानेन्द्र दुवै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो नमान्दा हुन्छ: योगेश भट्टराई

logo
सन्जय भट्टराई
प्रकाशित २०७७ माघ २४ शनिबार
yogesh_1.jpg

कावासोती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समुहका नेता योगेश भट्टराईले केपी ओली रपूर्वराजा ज्ञानेन्द्र दुवै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु नपर्ने वताएका छन् ।

शनिबार पुर्वी नवलपरासीको कावासोतीमा नेकपा प्रचण्ड-नेपाल समुहको विद्यार्थी भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले ओलीको पछिल्लो गतिविधि व्यवस्था विरोधी देखिएको बताए । उनले भने, ‘हिजोका मण्डले, संघीयता र गणतन्त्र विरोधी आज केपी ओलीको साथमा छन्,ओलीले कस्तो जमातको नेतृत्व गर्दै हुनुहुन्छ देखिएकै छ, भोलि पूर्वराजा ज्ञानेन्द्र दुवै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु पर्दैन् ।’

संसद विघटनको मुद्दामा ओलीको पक्षमा बहस गर्ने वकिलदेखि लिएर ओली अगाडि पछाडी रहने सबै संघीयता र गणतन्त्र विरोधी भएको बताउँदै नेता भट्टराईले प्रधानमन्त्री ओली इतिहासकै कमजोर प्रधानमन्त्री भएको जिकिर गरे ।

ओलीले निर्वाचित प्रतिनिधि सभा विघटन गरेर सत्ता र शक्तिको दुरुपयोग गर्दै आफुलाई शक्तिशाली बनाउने प्रयत्न गरेको आरोप लगाउँदै नेता भट्टराईले ओलीको कदममा सर्वोच्चले साथ नदिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’, अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले प्रशिक्षण दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ