arrow

हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात, तापक्रम माइनसमा झर्‍यो(फोटोफिचर)

logo
जनकबहादुर शाही 
प्रकाशित २०७७ माघ २४ शनिबार
himcover.jpg

हुम्ला । हिमाली जिल्ला हुम्लामा पनि यस वर्षको तेस्रो पटक हिमपात भएको छ । शुक्रवार बिहानैबाट बाक्लो कुहिरोका साथै हिमपात सुरु भएको हो ।

हिमपात हुँदा चिसो अत्याधिक बढेको छ भने दिउँसो नै तापक्रम माइनसमा झरेको छ । जमिनमा आधा फिट भन्दा बढी हिउँ जमेको छ ।

बिशेष गरी नाम्खा गाउँपालिकाका र जिल्लाका अग्ला र उच्च स्थानमा दुई फिट भन्दाबढी हिउँ परेको छ । हिमपातसंगै उत्तरी हुम्लाको तापक्रम दिउसै माइनस आठ डिग्रीमा झरेको प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताए । हिमपातले सदरमुकाम सिमकोट सेताम्मे हुँदा हिमालहरु चाँदी झै टल्केका छन् ।

चिसो अत्याधिक बढेपछि मानिस बाक्ला र उनीका कपडाको जोहो गरिरहेका छन् । हिमपातले गाइवस्तु गोठ बाहिर निकाल्न कठिन भएकोले गोठमै घाँस हालेर थुनेर राखेको सिमकोटका स्थानीय पदम रावतले बताए ।

चिसोले सिमकोट बजारमा मानिसको आउजाउ पनि निक्कै कम रहेको छ । कार्यालयमा सेवाग्राही नआएपछि कर्मचारी आगो तथा हिटर तापेर बसिरहेका देखिन्छन् ।

हिमपमतसंगै सडक बरफ जमेका कारण आन्तरिक रुपमा सञ्चालन हुँदै आएका यातायात सेवा पनि बन्द रहेका छन् । यहाँ यसअघि गत कात्तिक र पुस महिनामा हिमपात भएको थियो ।

हिमपात भएपछि कोभिड-१९का कारण माघ १५ गतेबाट पठन पाठन सुरु गरेका विद्यालयहरुले कोर्ष सक्नका लागि भएपनि चिसोमा पठनपाठन जारी राख्नु परेको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।

हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको भएपनि किसानलाई भने यो हिमपातले केही राहत पुगेको छ । कात्तिकमा छरेको जेठासी वाली नउम्रेको बेला हिमपात भएपनि उम्रने हुँदा किसान खुसी भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ