arrow

संयुक्त आन्दोलन गर्ने विषय फागुन पहिलो साता निष्कर्षमा पुग्छ : प्रचण्ड

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
prachanda23.jpg

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश जारी गर्ने देखि लिएर संसद् विघटनसम्मका कदमलाई ओलीको जंगलीराजको सुरुवात भएको बताएका छन् ।

शनिबार मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँगको कार्यक्रममा उनले केपी शर्मा ओलीसँग आफूहरुको तुलना गरिए अन्याय हुने समेत बताए । 

प्रचण्डले कांग्रेस, जसपा लगायतका दलहरुसँग संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको भन्दै फागुनको पहिलो साताभित्र निष्कर्षमा पुग्ने बताए । 

कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने टिप्पणी गरे ।

प्रधानमन्त्रीसँग प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नरहेको जिकिर गर्दै प्रजातन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिएको जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ