arrow

भागरथीका बलात्कारी र हत्यारालाई तत्काल कार्वाही गर्न नेविसंघको माग 

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
nebisangh-flag.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा नं ७ चडेपानीमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टका बलात्कारी र हत्यारालाई तत्काल कार्वाही गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजिब ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै मानवतालाई नै कलंकित गर्ने उक्त घटनाको घोर निन्दा र भत्सर्ना गरेका छन् । उनले सधै जनविरोधी कार्य गर्न उद्दत रहेको वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षा दिनु पहिलो दायित्व हो भन्नु कुरा नभुलोस् भनी खवरदारी गराएका छन् ।

विज्ञप्तिमा घटनामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी हैदैसम्मको कार्वाही गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

'विगतका दिनमा निर्मला पन्त र सम्झना वि. क. लगायतका किशोरीहरूको बलात्कार गरी हत्या गरिंदा उक्त घटनाका अपराधीहरुलाइ कडा कार्वाही गर्नुको सट्टा उल्टै ओली सरकार वलत्कारी र हत्याराहरुको संरक्षण गर्न लागि परेकाले हाम्रो समाजमा यस्ता अमानवीय र क्रुर घटनाले प्रश्रय पाउँदै र दोहोरिदै गएको हाम्रो ठहर छ ।' विज्ञप्तिमा उल्लेख छ ।

'बलात्कार गरी हत्या गर्ने क्रुर र जघन्य अपराधमा संलग्न अपराधीहरुलाइ तत्काल पक्राउ गरी हदै सम्मको कार्वाही गर्न सरकारले तदारुकता देखाओस् ।' महामन्त्री दीपक भट्टराईले भने,'  विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको जीउको रक्षार्थ विशेष सुरक्षा रणनीति तर्जुमा गरोस् । फेरि पनि वलत्कारी र हत्याराहरुको संरक्षण गर्ने दिशामा सरकार अघि वढे त्यसको परिणाम अप्रिय हुनेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ