arrow

भागरथीका बलात्कारी र हत्यारालाई कार्वाही गर्न डा शेखर कोइरालाको माग

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं ।  नेपाली कंग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

कोइरालाले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भट्टका बलात्कारी तथा हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् । उनले लेखेका छन्, ‘बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विद्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको छु। उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु।’

डा. कोइरालाले विगतमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जस्तै भट्टको दोषीले उन्मुक्ति नपाओस् भन्दै सरकारलाई सम्झाएका छन् । पछिल्लो समय बलात्कारपछि हत्याका घटनामा वृद्धि हुँदै गएको छ । 

दिनानुदिन बलात्कारका घटना हुँदा पनि सरकारले भने उचित कदम चाल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ