arrow

कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने मन्त्रीको घोषणा 

पत्रकारहरुलाई पनि पहिलो प्राथमिकतामै राखेर कोभिड खोप दिने प्रतिबद्धता

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
Parbat-gurung1.jpg

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन्।सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गरे ।

‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’मन्त्री गुुरुङले भने, ‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ।’

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई आग्रह समेत गरे ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयद्धारा आइतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरेका हुन् ।

उनले पत्रकारहरुले आफ्नो आचार संहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे । 

सार्वजनिक प्रसारण सेवाको मर्म र भावना विपरित ल्याइएको विधेयक खारेज हुनुपर्ने बारेमा नेपाल प्रेस युनियन लगायत यस क्षेत्रका जानकारहरुलर् राखेको धारणाका बारेमा मन्त्री गुरुङले यसबारेमा छलफल गरेर चित्त नबुझेको अवस्थामा फिर्ता लिनेसम्मको प्रक्रिया अघी बढाउने बताएका हुन्। आगामी नीति तथा कार्यक्रममा पत्रकारहरुलाई प्रशिक्षण दिने गरि प्रशिक्षण प्रतिष्ठान संचालन गर्नेगरि नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गर्ने प्रतिबद्धता मन्त्री गुरुङले व्यक्त गरे। 

फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुका लागि कोभिड १९ खोप काठमाडौंको हकमा सिभिल अस्पतालबाट शुरु गर्ने व्यवस्था मिलाइएको र जिल्लाहरुमा पनि अन्य फ्रन्टलाइनमा काम गर्ने पेशाकर्मीहरुलाई जस्तै पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप दिलाइने व्यवस्था स्वास्थ्य मन्त्रालयको समन्वयमा मिलाइएको गुरुङले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ