arrow

संसद विघटनमाथिको इजलास : सरकारी वकिललाई पनि १५ मिनेट

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
Supreme-court-judges1.jpg

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमाथिको सुनुवाइको बहसमा आइतबारबाट सरकारी वकिललाईसमेत १५ मिनेट समय दिइएको छ ।

गत १९ माघदेखि सरकारी वकिलहरुले संसद विघटनका बिरुद्ध परेका रिटमा सरकारका पक्षमा बहस गर्दै आएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबारको बसको सुरुभएसँगै सरकारी वकिलहरुका लागिसमेत बहस गर्न समय तोकिदिएका हुन् । 

संसद विघटन बिरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर गरिएको थियो । रिटमा राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाइएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन बिरुद्धको रिटमाथि ४ माघदेखि बहस सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ